पोखरा महोत्सवको स्टल बुकिङ खुल्ला
पाेखरा | पुस १, २०८१
पोखरा: १३ औं संस्करणको पोखरा महोत्सवको लागि स्टल बुकिङ खुल्ला गरिएको छ ।
युनाईटेड क्लबको आयोजनामा आगामी पुषको २५ देखि माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने १३ औं संस्करणको पोखरा महोत्सवका लागि स्टल बुकिङ खुल्ला गरिएको हो ।
महोत्सव सम्पन्न गर्न आयोजित विभिन्न उपसमिति संयोजक तथा महोत्सव सल्लाहकारहरुको बैठकको निर्णय अनुसार महोत्सव आयोजक युनाईटेड क्लबले महोत्सवको स्टल पुष १ गते दिनको दुई बजे देखि स्टल बुकिङ खुल्ला गरिएको महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
महोत्सवमा विशेष गरी पर्यटन, कृषि, अटो लगायतका स्टलहरु लाई विशेष छुट प्रदान गरिने महोत्सवका अर्थ तथा स्टल ब्यवस्थापन उपसमिति संयोजक जयराम आचार्यले जानकारी दिए ।
स्टल बुकिङका लागि युनाईटेड क्लबको कार्यालय शान्तिपथ पोखरा १० अमरसिंहमा सम्पर्क गर्नुपर्ने महोत्सव सचिवालय उपसमिति संयोजक सुक बहादुर गुरुङले जानकारी दिए ।
पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् । शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...
कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...
पोखरा । नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

